सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पत्रकार क्षेत्रीको निधनप्रति च.प.स. कास्कीको शोक वक्तव्य

पोखरा /

चलचित्र पत्रकार संघ नेपालले कास्की शाखाकी कार्यसमिति सदस्य रोशनी क्षेत्री {एलिजा} भदौ ५ गते मंगलवार भएको भएको असमायिक निधनप्रति चलचित्र पत्रकार संघ नेपाल, कास्कीले मर्माहत भएको जनाएको छ ।

संघ कास्कीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ– ‘विगत ७ वर्षदेखि निरन्तर चलचित्र पत्रकारितामा क्रियाशिल रहनु भएकी रोशनी क्षेत्री {एलिजा} को निधनप्रति दुःख व्यक्त गर्दै संघ हार्दिक श्रदाञ्जली अर्पण गर्दछ।’

एलिजाले पोखराको माछापुच्छे एफएमबाट पत्रकारिताको थालनी गर्दै परिचय डटकम र रेडियो अन्नपूर्णलगायत मिडियामा समेत काम गरेकी थिइन् ।

संघ कास्कीले वक्तव्यमा चलचित्र पत्रकारिताको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै संघले उनलाई स्मरण गरिरहने उल्लेख गरेको छ।

संघले दिवगंत रोशनी क्षेत्री {एलिजा}को आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गरेको छ ।

Exchange and test

पत्रकार क्षेत्रीले सोमबार शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी थिइन् । २५ वर्षीया एलिजाले पोखरा–८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेको बताइन्छ ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो ।

पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत क्षेत्रीको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ ।

मृतक एलिजाको अघिल्लो वर्ष मात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किँदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

शोक वक्तव्य :

Leave A Reply

Your email address will not be published.