सुचना, समाचार र मनोरन्जन
jaar

लघुकथाको ५३ औँ शृङ्खला सम्पन्न

पोखरा/

लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले लघुकथाले भिन्नै उचाइ प्राप्त गर्दै गएको र यसको समयानुकूल विकासका लागि निरन्तर सिर्जना, साधना, बहस र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै जानुपर्ने बताए । त्यस्तै कवि तीर्थ श्रेष्ठले पनि तीसको दशकमा प्राङ्गण पत्रिका प्रकाशन गर्ने गरेको इतिहास सम्झँदै त्यही पत्रिकाबाट लघुकथासमेत सुनाए ।

कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की अन्जान, शिवु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुलीलगायत डेढ दर्जन कथाकारले कथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.