काठमाडौँ/

नेपाली कांग्रेसले संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ। दलहरुको भागवण्डामा कांग्रेसले चारवटा सभापति पाएको छ।
कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, कृषिमा आरजु राणा र अर्थ समितिमा सन्तोष चालिसलाइ उम्मेदवार बनाउने सहमति भएको हो।