सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौँ/

सरकारले औषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

sfal

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनले तयार गरेको ‘ग्लोबल एक्सन प्लान’का आधारमा नेपालमा पनि राष्ट्रिय कार्ययोजना तयार गरिएको हो । प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न तथा सो सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्ने र सोको परिपालना गराउने उद्देश्य अनुसार औषधि सल्लाकार समितिको ५५ औं बैठकबाट विभागलाई यही भदौ ११ मा सिफारिस भई प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.