पोखरा /
एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।
चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अघा सलमान पाँच रन बनाउँदै आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।
पाकिस्तानले २७.५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजमले ४९ रन बनाएर खेलिरहेका छन् ।