सुचना, समाचार र मनोरन्जन
tigar

पोखरामा ३५ वर्ष माथिका महिलाहरुको ह्याण्डबल, ८ टिमको सहभागिता हुने

पोखरा /

पोखरामा ३५ वर्ष देखि ६१ वर्ष उमेर समुहका महिलाहरु ह्याण्डबल प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

उमेन्स क्लव अफ पोखराले पहिलो पटक यहि भदौ १६ गते आयोजना गर्ने उक्त प्रतियोगितामा ८ टिमको सहभागिता हुने भएको हो । संस्थाले बुधबार एक पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिंदै महिला शसक्तिकरणको अभियान अन्तर्गत उक्त प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सरिका गुरुङले बताइन् । उनले भनिन–“यो खेलकुद कार्यक्रम मात्रै होइन खेलकुद मार्फत महिलाहरुको स्वास्थ्य संगै खेलकुद प्रति जागरण ल्याउने अभियान समेत हो ।”

sfal

यहि वर्षको बैशाखमा गठन भएको उक्त संस्थाले खेलकुद संगै विभिन्न सामाजिक अभियानका कृयाकलापहरु समेत अघि बढाउने योजना समेत रहेको बताउँदै अध्यक्ष गुरुङले पहिलो अभियानमा नै धेरै महिलाहरु ह्याण्डबल प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको बताइन् । “हामीले कल्पना नै गरेका थिएनौं । तर दिनहुँ जसो महिला दिदी बहिनीहरु हाम्रो अभियानमा समाहित हुन आउनु भएको छ”, उनले भनिन्–“हामीले ह्याण्डबल संगै केही मनोराञ्जनात्मक खेलहरु बेलुन फुटाउने लगायतका कार्यक्रमहरु समेत जोडेका छौं ।”

प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ३० हजार, उपविजेताले नगद रु २० हजार र तृतिय हुने टिमले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख खर्च हुने र त्यसका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको संस्थाले जनाएको छ ।

सो अवसरमा बोल्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले नेपाली खेलकुद अभियानमा यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले भने–“महिला शसक्तिकरणका लागि मात्रै नभई यो कार्यक्रमले समाज परिवर्तनमा समेत भूमिका खेल्नेछ ।” ओलम्पिकमा रहेका दर्जनौ कमिसनहरु मध्ये महिला कमिसन जस्ता महत्वपूर्ण कमिसनहरु राजधानी खाल्डो बाहिर आउन सके त्यसले खेलकुदमा सकरात्मक परिवर्तन आउन सक्ने बताउँदै त्यसका लागि आफ्नो पहल रहने बताए ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, खेलकुद पत्रकार मञ्चका अध्यक्ष दिननारथ बराल लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.