पोखरा /
नेपाल दशनामी समाज कास्कीले तीब्र गतिमा साधन चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्न माग गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर समाजले सडक दुर्घटनाका बारेमा विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको हो । विशेष गरी जिल्लाका शहरी क्षेत्रमा तीब्र गतिकै कारणले दैनिक जसो भइरहेको दुर्घटनालाई न्यूनीकरण गर्न समाजले ध्यानकर्षण गराएको हो ।
पोखरा आसपासका क्षेत्रहरुमा दैनिक जसो साना ठूला दुर्घटनाले आम जनसमुदायमा मनोवैज्ञानिक त्रास उत्पन्न भएकाले सडकहरुमा ट्राफिक लाइट जडान, यात्रुहरु चढाउन झार्ने निश्चित केन्द्र तोक्न र सडक छेउमा निर्माण सामाग्रीहरु राख्न नपाउने व्यवस्था गर्न समाजले माग गरेको छ।

समाजले सडक क्षेत्रमा प्रष्ट देखिने छुटिने किसिमका ट्राफिक संकेत तथा बोर्डहरुको व्यवस्था र बिग्रिएका सडकको तत्काल मर्मत सम्भारमा हुनुपर्ने पनि उल्लेख गरेको छ ।
तीब्र गतिमा गुड्ने सवारी साधनको नियन्त्रण तथा कारबाहीदेखि लेन अनुशासन, ट्राफिक सचेतना, अभिवृद्धि लगायतका विषयलाई प्रभावकारी रुपमा अगाडि बढाइनुपर्ने आवश्यकता महशुस भएको समाजको ठहर छ ।
हेर्नुहोस् ध्यानाकर्षण :