सुचना, समाचार र मनोरन्जन
Sarangi

महिला क्लब पोखराको ८ औं साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

पोखरा/
महिला क्लब पोखरा ७ को ८ औं साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले महिलाहरुलाई तिज पर्व सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे । उनले वडा नं ७ भित्र रहेका सबै आमा समुह तथा क्लबहरुले एकिकृत रुपमै कार्यक्रम गर्न सके एकताको सन्देश संचार हुने विचार राखे ।

वडामा रहेका सबै सघंसस्थालाई सक्रिय बनाउन आफु लागि परेको उनले बताएका छन । क्लबका सल्लाहाकार एवंम वरिष्ठ पत्रकार दुर्गा अधिकारीले क्लवले स्थापनाकाल देखि नै उत्कृष्ट कार्य गदै आएको बताउदै महिलाहरुलाई विभिन्न प्रतियोगितामा भाग गराएर होस वा सामाजिक कार्यमा समर्पित गराएर होस यसले महिला सशक्तिकरणमा उल्लेख्य योग्दान दिएको बताए ।

पोखरा ७ का वडा सदस्य बसुन्धरा लामिछानेले क्लवले गरेका कार्यको प्रशंसा गर्दै तिजको विशेष शुभकामना दिएका थिए । रेडियो सफलताका स्टेशन प्रमुख मधु अधिकारीले क्लबलाई वडा नं ७ मा मात्र सिमित नगराइ यस्को सदस्यता पोखरा महानगर भर विस्तार गर्नु पर्ने बताए ।

कार्यक्रममा मासबार आमा समुहका अध्यक्ष शारदा गिरी , महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बराल लगाएतले शुभकामना दिए । क्लबको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिला बरालले प्रस्तुत गरेकी थिइन । क्लबका अध्यक्ष मिना बराल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कमला खनाल र संचालन सचिब सृजना बरालले गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.