सुचना, समाचार र मनोरन्जन
IVF New Banner

अभिनेत्री निरूता सिंहले कसिन लगनगाँठो

उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी हुन्।

पोखरा /

अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् ।

Safal

उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी हुन्। सिंहले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन् ।

IVF Post

सिंहले आफ्नो फेसबुक स्टाटसमा भनेकी छन् ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो ‘निरूता जी बिहे कहिले गर्ने ? भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरुता सिंहले गत बिहीबार  31st August 2023  को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’।

यसका साथै उनलेचाँडै नेपाल आउने समेत वाचा गरेकी छन् ।

हेर्नुहोस् निरूताको फेसबुक स्टाटस  :

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी साथी-भाई अनि अग्रज व्यक्तित्वहरु,बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई “निरुता सिंह “ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शकमहानुभाउहरु को येतीका वर्ष देखी को एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो ।त्यो हो …” निरुता जी बिहें कहिले गर्ने ?“ भन्ने प्रश्न … आज तेसै प्रश्न को जवाब दिन गई रहेको छु …. तपाईहरुको निरुता सिंह ले गत बिहिबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटी संग लगन गाठो जोड़ेको छ …. हजुरहरु सम्पूर्ण को माया अनि आशीर्वाद को अपेक्षा गरेको छु …. चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु …. धेरै धेरै माया

Leave A Reply

Your email address will not be published.