सुचना, समाचार र मनोरन्जन
jaar

एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत विरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ/

एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो तथा निर्णायक खेलमा नेपालले भारतसँग टस हारेको छ। भारतीय कप्तान रोहित पौडेलले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका छन्। आजको खेलमा जित निकाल्ने टिम शीर्ष चारमा प्रवेश गर्ने छ। त्यसैले दुबै टिम जितको प्रयासमा मैदानमा उत्रिन लागेका हुन्।

नेपाल केही समय पछि भारत विरुद्ध पहिले ब्याटिङका लागि मैदान उत्रिंदै छ। भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन्। टसको समयमा उनी पुरै खेल हुनेमा आश्वस्त देखिएनन्। रोहितले पुरै खेल हुने सम्भावना कमजोर देखिएकाले पहिले बलिङ रोजेको बताए।

नेपालका कप्तान रोहित पौडेलले भने नेपाली क्रिकेटका लागि सर्वाधिक प्रतिक्षित र एतिहासिक दिन भएको भन्दै विश्व क्रिकेटलाई देखाउने अवसर भएको बताए। नेपालले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेको छ। आरिफ शेखको स्थानमा भिम सार्कीलाई प्लेइङ ११ मा राखेको छ।

Leave A Reply

Your email address will not be published.