सुचना, समाचार र मनोरन्जन

त्रिभुवन विश्वविद्यालय अब स्वचालित प्रणालीमा

काठमाडौँ/

त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीको आरम्भ गरेको छ ।

कार्यालय स्वचालित प्रणालीको माध्यमवाट अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् । त्रिवि केन्द्रीय कार्यालयमा साउन १ बाटै कार्यान्वयनमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरू संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयनमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् । उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीबाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गरे ।

त्रिवि समन्वय महाशाखाद्वारा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहीन प्रशासनको रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्त्वपूर्ण लक्ष्य पुरा भएको  बताए ।

Leave A Reply

Your email address will not be published.