सुचना, समाचार र मनोरन्जन

जी–२० सम्मेलन जलवायुको मुद्दाबाट पछि हटेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखको आरोप

एजेन्सी/

भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताएका छन।

सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिएका छन ।

विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको झण्डै ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताहरूको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ ।

सिमोन स्टिएलले नैरोबीमा अफ्रिका जलवायु शिखर सम्मेलनको साइडलाइनमा चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिका कारण जी–२० को दुई दिने बैठकमा महत्त्वपूर्ण विषयमा कम प्रगति गर्ने देखिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

मुख्य मुद्दाहरूको वरिपरि अझै पनि छलछाम र अस्पष्टता नै देखिएको उहाँको टिप्पणी छ । जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुँदैछ ।

जी–२० मा भारतसहित चीन, रुस, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान, साउदी अरब, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, युरोपियन युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.