सुचना, समाचार र मनोरन्जन

३ यात्रु लिएर पोखरा विमानस्थल अवतरण गरेको ड्रुक एयर ४२ यात्रु लिएर भुटान फर्कियो

पोखरा/

भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६: ४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको थियो

‘आज पोखरा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए, उनले भने, ‘यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो।’

भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

Leave A Reply

Your email address will not be published.