सुचना, समाचार र मनोरन्जन

जी २० राष्ट्रहरुको शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु

काठमाडौँ/

जी–२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा शनिबार औपचारिक रुपमा सुरु भएको छ। हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू दिल्ली पुगेका छन्।

यस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नआउने उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ पनि सम्मेलनमा सहभागी हुँदैछन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस सम्मेलनमा सहभागी नहुने भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन्।

दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान भएको कार्यक्रममा विभिन्न देशका शीर्ष नेताहरुको आगमन भएको छ। पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र हुनेछ। आज प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत, इटाली, जापान र जर्मनीका राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने तयारी पनि छ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो, त्यसपछि दुवै पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए। यस वक्तव्यमा अमेरिकाले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउनको लागि आफ्नो समर्थन दोहो¥याएको छ।

Leave A Reply

Your email address will not be published.