सुचना, समाचार र मनोरन्जन

कपा एकीकृत समाजवादी कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न नहुने पक्षमा

काठमाडौँ/

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

Chaka Panja

उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए। उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताए।

उनले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथ दिनुपर्ने र की चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको उल्लेख गरे। उनले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरु डराइरहेको बताए।

Leave A Reply

Your email address will not be published.