सुचना, समाचार र मनोरन्जन

‘असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न केसीको सुझाव

काठमाडौँ/

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

Pach Pandav

अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका नेताहरूलाई बोलाएर सुझाव लिएका छन् ।आइतबार भएको सो सर्वदलीय छलफलमा नेता केसीले राष्ट्र र जनताको स्वार्थलाई शिरोपर गरे प्रस्तुत हुन सुझाव दिएको जानकारी दिए ।

अध्यक्ष केसीले भने–‘सैद्धान्तिक रूपले, राजनीतिक रूपले को टाढा को नजिक छ भन्ने कुरा हैन, राष्ट्र र जनतालाई शिरोपर गरेर हामीले राष्ट्र सङ्घमा जाँदा होस, चाहे भारत जाँदा होस, चाहे चीनमा जाँदा होस, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई मुख्य केन्द्र बनाएर जानुपर्छ भन्ने कुराहरू राखेँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रकै हितमा कुरा गर्ने, काम गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन यही भदौ ३१ गते अमेरिका प्रस्थान गर्दै छन् ।

Leave A Reply

Your email address will not be published.