सुचना, समाचार र मनोरन्जन

तारा एयरको पोखरा–जोमसोम नियमित उडान सुरु

काठमाडौँ/

प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको हो ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

Leave A Reply

Your email address will not be published.