सुचना, समाचार र मनोरन्जन

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नंं. २९ को शुभकामना आदान-प्रदान

पोखरा /

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नंं. २९ ले नव वर्ष २०८१ सालको अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा वडा सभापति दिपक मणी भण्डारी, यस्तै प्रजातन्त्र सेनानी भोजराज भण्डारी, नेपाली कांग्रेस कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नयाँ वर्षको शुभेक्षा प्रकट गर्दै पार्टीलाई नयाँ वर्षको आगमन सहित अझै थप मजबुत र सशक्त बनाउने प्रजातन्त्र सेनानी भोजराज भण्डारीले उद्घोस गरे । उनले बि.पी.को बिचार “राम्रो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ” भनेर उपस्थित सम्पूर्ण सँग खुशी साट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा कास्की जिल्ला उपसभापति रामबाबु भण्डारीले नयाँ वर्षको शुभकामना सहित प्रजातान्त्रिकको पार्टीमा चुनावी अभ्यासमा हार जित जे भएपनि पार्टीको बिचार सधै उच्च राख्नु पर्ने बताए ।

वडाका सचिव निशान्त ढकालले सन्चाल कार्यक्रम संचाल गरेका थिए भने वडाका उप–सभापति चिन बहादुर गुरुङले कार्यक्रम समापन गरे ।

Leave A Reply

Your email address will not be published.