सुचना, समाचार र मनोरन्जन

वडा स्तरीय तीज गीत प्रतियोगितामा परोपकार सर्वेश्वर नारी समूह प्रथम

पोखरा/

पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको वडा स्तरीय तीज गीत प्रतियोगितामा परोपकार सर्वेश्वर नारी समूह गैह्रापाटन प्रथम भएको छ। प्रतिस्पर्धामा सहभागी १० समूहलाई पछि पार्दै उक्त समूह प्रथम भएको हो ।

प्रतियोगितामा नमुना महिला समूह टुंडाको पाटन दिृतिय, महिला समाज सेवा समिति चिप्लेढुंगा तृत्तिय भएको छ । गणेश योग केन्द्र गणेश टोल सान्त्वना भएको छ । प्रथम, दिृतिय, तृत्तिय र सान्त्वना हुने टिमले क्रमस १५ हजार, १० हजार, ५ हजार, २ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी रामकृष्ण टोल मिसाःपुच उत्कृष्ठ भेषभुषा र नेपाल आदर्श महिला समूहले उत्कृष्ट नृत्यमा पुरस्किृत भएका छन् । उनीहरुले २र२ हजारसहित प्रमाण पत्र प्रापत गरेका छन् । बाँकी सहभागी टिमलाई एक हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस अगाडि प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले उद्घाटन गरेकी हुन् । प्रतियोगिता उद्घाटन गर्दै उनले महिला दिदिबहिनीहरु तिजको बेलामात्र नभई सधैं हाँसिखुशी रहनुपर्ने बताइन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नै महिलाका अधिकार स्थापित गरेको धारणा राखिन् । यद्यपी प्रदेश सभाबाट महिलाका अधिकारका सवालहरु जोडिएका विषयमा कानून निर्माण नगरेको उनको भनाई थियो । ‘देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि नै महिलाका अधिकार स्थापित भएका छन् । आज महिला सहभागिताको सुनिस्चितता भएको छ ।

यो व्यवस्थामा महिला तिजमा मात्रै नभई सधैं हाँसिखुशी रहनुपर्दछ । त्यसका लागि दिदिबहिनीहरुले जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहनुपर्दछ ।’ उनले भनिन्, यद्यपी प्रदेशसभा बाट महिलाका अधिकारसंग जोडिएका सभावललाई सम्बोधन गर्नेगरी कानून तयार भएका छैनन् । महिला अधिकारलाई व्यवस्थित गर्ने कानून निर्माणमा मेरो चासो र भूमिका रहनेछ ।’

गण्डकी प्रदेश सभाका पूर्वसांसद प्रभा कोइरालाले विगतमा महिलाले आफ्नो घरका बेदना पोख्ने अवसर तिजमा पाउने भएपनि अहिले परिस्थिति फेरिएको बताइन् । यद्यपी महिला अधिकार र समान सहभागिताका लागि अझै धेरै गर्न बाँकी रहेको उनको भनाई थियो । आजका तीज गीत बेदना पोख्न नभई समाजका विकृति विसंगतिको अन्त्य गर्नका लागि पनि उपयोगी भएको उनले बताइन् ।

पोखरा महानगरपालिकामा कांग्रेस दलका नेता एवं वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांगले महिला सशक्तिकरणका लागि पोखरा महानगरले विभिन्नढंगले काम गरिरहेको बताए । उनले महानगरले उपमेयरसंग महिला कार्यक्रम गरेर महिलाका लागि शिप हस्तान्तरण लगायतका कार्यक्रम गरेको जानकारी दिए ।

महानगरमा नेकपा एमाले दलका नेता एवं वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले राजनीतिक दलहरुले अझैपनि महिलालाई विश्वास गर्न नसकेको बताइन् । उनले पोखरा महानगरपालिकाको उदाहरण दिँदै ३३ वटा वडा मध्येबाट एउटा वडाको अध्यक्ष मात्र महिला हुनुले पनि यसको पुष्टि हुने उनको भनाई थियो । संविधान र कानूनले अधिकार दिएपनि व्यवहारमा कार्यान्वयन नभएको उनको प्रष्टिकरण थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले समग्र वडाको विकासका साथै यहाँको कला संस्कृतिको संरक्षणमा वडा लागि परेको बताए । महिलाका सशक्तिकरणका लागि वडाको तर्फबाट विभिन्न सिपमुलक तालिम सञ्चानल गरिनुका उनले जानकारी दिए । प्रतियोगिताले मौलिक संस्कृतिको जगर्ने गर्ने र क्षमता पहिचान गर्ने उनले अपेक्षा गरे ।

१०१ वर्षीय आमा मायाँ पराजुलीलाई दोेसल्ला ओडाएर ओडाएर सम्मान गरिएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ भित्रका विभिन्न कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य भावना श्रेष्ठ र सञ्चारकर्मी अनिशा श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.