सुचना, समाचार र मनोरन्जन

नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

काठमाडौँ/

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ।

Gokarna Karki

पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ ।

नेम्वाङको हृदयघातका कारण गएको सोमवार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई हिजो बालुवाटारमा रहेको निवासमा लगिएको थियो ।

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभर शोक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.