सुचना, समाचार र मनोरन्जन

घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ/

जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन्।

Chaka Panja

नेतालाई जङ्गलदेखि महलसम्म पुर्यागउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताएका छन्। राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।

जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा सङ्घर्षमा उत्रिने बताए।

“हामी काम गरिखान नसक्ने घाईते कैयौँ साथीका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्, यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामी सङ्घर्षमा जानेछौँ”, उनले भने।

Leave A Reply

Your email address will not be published.