सुचना, समाचार र मनोरन्जन

बालदिवसको अवसरमा तीज गीत प्रतियोगिता

लेखनाथ/
भड्किलो होइन, सास्कृतिक पहिचानको रुपमा मनाऔं भन्ने उद्देश्यका साथ ब्रह्म रुपमा माध्यमिक विद्यालय पोखरा ३२, राजाको चौतारा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा भएको तिज गित प्रतियोगितमा प्रथम आधारभुत तह अन्तरगत कक्षा ७ क रोनिक्षा अधिकारीको समुह प्रथम भएको छ भने द्धितीय र तृतीय क्रमशः कक्षा ५ ममता पौडेलको समुह र कक्षा ८ क आकृती पौडेलको समुह भएका छन् । त्यसै गरी मावि तहमा कक्षा १० क को निजश्वी बसौलाको समुह प्रथम, त्यसैगरी द्धितीय र तृतीयमा क्रमशः कक्षा १० ख लक्ष्मी सुनारको समुह र कक्षा ९ ग अर्चना खनालको समुह भएका छन् । प्रतियोगितमा १४ समुहले भाग लिएका थिए ।

प्रतियोगितमामा विद्यालयका शिक्षक लक्ष्मी तिवारीको संयोजनमा संगिता कंडेल र इन्दिरा तिवारी निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक मधुसुधन सापकोटाले शुभकामना गरेको सो कार्यक्रमको स्वागत मन्तव्य शिक्षक भगवती पण्डितले गरेकी थिइन् । भने विद्यालयका अतिरिक्त कृयाकलापका संयोजक शिक्षक शंकरप्रसाद मर्सैनी उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रमको संचालन शिक्षिका विष्णु तिवारीले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.