सुचना, समाचार र मनोरन्जन

आर्थर सरादिखोला पौडेल सेवा समाजको छैटौं साधारण सभा सम्पन्न

पोखरा/

पर्वत र स्याङ्जाको सिमानामा पर्ने आँधिखोला गाउँपालिका र कुस्मा नगरपालिका १४ पूख्यौली थलो भई पोखरामा बसोबास गर्दै आइरहेका पौडेलहरूको संस्थाका अध्यक्ष डिल्लीराम शर्मा पौडेलको अध्यक्षतामा पोखरा १७ रामेश्वर मार्गमा भएको साधारण सभा कार्यक्रममा आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको सम्झनामा एक मिनेट मौन धारण गरी गरिएको थियो । कार्यक्रमका अध्यक्ष डिल्लीराम पौडेलले संस्थाको बार्षिक प्रतिवेदन कार्य प्रगति प्रस्तुत गर्नुका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रका प्रमुख अतिथि आधिँखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले शुभकामना मन्तव्य राख्दै संस्थाको योजनामा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पौडेलले स्वागत मन्तव्य सहित संस्थाको कार्य प्रगति र भवन निर्माण योजनाका बारेमा अवगत गराए । कार्यक्रममा अतिथिहरू नेपाल सरकारका पुर्व सह–सचिव दिवाकर पौडेलले पारर्दशिता सफलताको कडि भएकाले यसमा सम्झौदा गर्न नहुने उनले बताए । उक्त कार्यक्रमका अतिथि रामेश्वर मार्ग टोल सुधार समिति अध्यक्ष लिलाप्रसाद पंगेनीले स्थापनाको छोटो समयमा नै राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सफलताको सुवेक्षा प्रकट गरे ।

संस्थाका संस्थापक अध्यक्ष चेतनाथ शर्मा पौडेलद्वारा समाजका अजिवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संचारकर्मी तथा यस समाजका संस्थापक सचिव चीरञ्जीवी पौडेललाई संचारकर्मको माध्यमबाट समाजमा गरेको योगदानको कदर गर्दै सम्मान गरेका थिए भने सासुआमाको उत्कृष्ट सेवा गरेर समाजमा उदाहरणयीय बनेकोमा समाजका सदस्य बुहारी हरिमाया पौडेललाई समेत सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा निवर्तमान कार्यसमिति सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजको छैटौं साधारण सभाले पोखरा–२२ मा समाजको भवन निर्माणको लागि जग्गा खरिद गर्ने निर्णय पारित गरेको छ । संस्थाका सचिव शोभाकान्त पौडेलले कार्यक्रमको संचालन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.