सुचना, समाचार र मनोरन्जन

मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्ने तयारी

काठमाडौं /

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रिपरिषदबाट पारित गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई सदनमा दर्ता गराउन लागिएको बताएकी छन्।

उहाले उक्त विधेयकलाई छिटो भन्दा छिटो सदनबाट पारित गर्न सके अहिले विकास भएका सवै प्रकारका सञ्चारमाध्यमहरुलाई नियमन र प्रोत्साहन गर्न सहज हुने दाबी गरिन्। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरि प्रसारण ऐनलाई पनि समितिबाट पारित गरि संसदमा लैजाने तयारी भइरहेको उनले बताइन्।

मन्त्री शर्माले पत्रकारलाई सहज बनाउने गरि मन्त्रालयले बिभिन्न निर्णय गरेको र आवश्यक अन्य ऐन कानूनहरु निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।

मुलुकका आएका परिवर्तनलाई संस्थागत गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतालाई स्थापित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। उनले समाचारहरु सत्य र तथ्यमा आधारित भएर सरकार र जनताको पुलको रुपमा काम गर्न सक्नुपर्ने बताइन्। कार्यक्रममा केही सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.