सुचना, समाचार र मनोरन्जन

आज क्यानको नेतृत्व चयन हुँदै, चन्द र भण्डारीबीच प्रतिस्पर्धा

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ।

काठमाडौं /

नेपाल क्रिकेट संघ ९क्यान० को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ।

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ।

यसैबीच हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ः ०० बजे हुनेछ भने उम्मेदवारको मनोनयन उपर उजुर र छानविनको समयसिमा बिहान ११ः ४० बजे तोकिएको छ ।

यसरी उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहाने उम्मेदवारले बिहान ११ः ५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवानरको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।

भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा बिजयी हुनेछ ।

Leave A Reply

Your email address will not be published.