सुचना, समाचार र मनोरन्जन

पोखरामा विक्रम सम्वत् म्युजिक फेस्टिभल

फेस्टिभलमा द एजड व्याण्डका गीतसङ्गीतको प्रत्यक्ष गायन हुने, सविन राई फराह, शैलु राई कलेक्टिभ, परिवर्तन समूहसहित ख्यातिप्राप्त कलाकारहरूको वेजोड प्रस्तुति रहने प्रस्तुतकर्ता धिरज घोतानेले जानकारी गराएका छन् ।

पोखरा /

विक्रम सम्वत्को नयाँ वर्ष नेपालीजनको समृद्धि र हर्ष उद्घोषका साथ विक्रम सम्वत् म्युजिक फेस्टिभल आज शुक्रबार ४ बजेदेखि पोखराको बाराहीघाट मैदानमा आयोजना गरिदैछ ।

ब्लक–एक्स इन्टरनेनमेन्टको आयोजनामा नयाँ वर्षको छेको पारेर कार्यक्रम आयोजना गरिएको हो । रेमनदास श्रेष्ठले उद्घोषण गर्ने उक्र कार्यक्रममा ८ देखि १० हजार दर्शकको भौतिक उपस्थिति रहने छ । फेस्टिभलमा द एजड व्याण्डका गीतसङ्गीतको प्रत्यक्ष गायन हुने, सविन राई फराह, शैलु राई कलेक्टिभ, परिवर्तन समूहसहित ख्यातिप्राप्त कलाकारहरूको वेजोड प्रस्तुति रहने प्रस्तुतकर्ता धिरज घोतानेले जानकारी गराएका छन् ।

हाम्रो मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गदै युवाहरूलाई सकारात्मक सन्देश दिने उद्धेश्यले साँगीतिक कार्यक्रम गर्नका लागि ब्लक–एक्स् इन्टरटेन्मेन्टले विक्रम सम्वत् म्युजिक फेस्टिभल–२०८० को आयोजना गरेको अमर ठकुरीको भनाइ छ ।

नेपालमा मात्रै मनाइने विक्रम सम्वत्को महिमा प्रस्तुत गदै फेस्टिभलमा खाना, सङ्गीत र संस्कृतिको त्रिवेणी हुने छ । नेपाली सङ्गीत र संस्कृतिको जगेर्ना र संरक्षणको सन्देश दिने, आन्तरिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने, विक्रम सम्वतको नयाँ वर्ष मनाउन पोखरा आउन आमन्त्रण गर्ने, विक्रम सम्वत्को नयाँ वर्षको मौलिकता र महत्व बोध गराउन, नेपाली सङ््गीत र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने, पर्यटनको राजधानी पोखराको वचन विज्ञापन र प्रचारप्रसार गर्ने, विक्रम सम्वत्का हरेक नयाँ वर्ष पर्यटकीय सहर पोखरामा मनाउन सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन, मानिसका घुम्ने रहर र स्वतन्त्रतालाई मलजल गरी घुमफिरका लागि प्रोत्साहित गर्ने, घरदेशभित्रै पनि घुमफिर संस्कार र संस्कृतिको विकास गर्ने, सुस्ताएको पर्यटन उद्यमलाई पुनर्जागरण गरी जनचेतना अभिवृद्धि गर्ने, पर्यटकलाई प्रोत्साहन र पर्यटनको प्रवद्र्धनका लागि अभिप्रेरित गर्ने उद्धेश्यले कार्यक्रमको तर्जुमा गरिएको हो ।

गीतसङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्न, साँगीतिक क्षेत्रको सम्वद्र्धन र विकासका लागि पर्यटन उद्यमसँग हातेमालो गर्न, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्न, दीगो पर्यटनका लागि घुमफिरको अभियान चलाउन, देश युवाहरूको हो भन्ने आशावादी धुन सञ्चार गराउन, कुलत र दुव्र्यसनबाट युवालाई जोगिन सन्देश दिनु फेस्टिभलको मर्म हो ।

विक्रम सम्वत् परापूर्वकालदेखि विक्रमादित्यले चलाएको सम्वत् मानिन्छ । यो हिमवत् खण्ड नेपालको आदि, मौलिक र ऐतिहासिक सम्वत् हो । यसलाई मानव समुदायले मात्रै होइन प्रकृतिले पनि स्वागत गर्छ । विश्वभर इस्वी सम्वत् नयाँ वर्ष मनाउँदा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ विक्रम सम्वत्लाई आधार मानेर नयाँ वर्ष मनाइन्छ । यो हिन्दु पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो र जेठो सम्वत् पनि हो । नेपालमा चलेको मौलिक सम्वत् भएकाले गौरव र खुशीका साथ नव वर्ष मनाउँदा अपनत्व महसुस हुन्छ । नेपाली नयाँ वर्षले हाम्रो संस्कार, संस्कृति र सभ्यतासँग सामिप्यता राख्दछ, त्यसैले यसको महत्व, घनत्व र गुरुत्व भएको धारणा आयोजक संस्थाका प्रबन्ध निर्देशक धिरज घोताने बताए ।

Leave A Reply

Your email address will not be published.