सुचना, समाचार र मनोरन्जन

जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा

जि.स.स. कास्की प्रमुख पौडेलद्वारा गैरसरकारी संस्थाहरू बिकासका प्रभावकारी सारथि बन्न आग्रह

पोखरा /

जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति कास्कीद्वारा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा बुधबारदेखि शुरु भएको छ।

सो अबसरमा उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकामा क्रियाशिल गैरसरकारी संस्थाहरू बिकासका सारथि भएको भन्दै बिकासमा थप प्रभावकारी नीति निर्माण गर्न आग्रह गरे ।

विभिन्न समयक्रममा देशको बिकासमा महत्वपूर्ण योगदान प्रदान गरेका गैरसरकारी संस्थाहरू नाफामुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिदै पौडेलले कार्यक्रमले कमजोरीहरूको न्यूनीकरण गर्दै समृद्ध कास्की निर्माणको महान अभिभारा पूरा गर्न फलदायी हुनुपर्ने उल्लेख गरे ।

प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजना गरिएको दुई दिने गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै बताएका हुन् ।

पौडेलले कतिपय संस्थाहरूको संचालित कार्यक्रम परम्परागत र अपारदर्शी हुने गरेको जनगुनासो बढेको उल्लेख गर्दै विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन समेत गैरसरकारी संस्थाहरूको महत्त्वपूर्ण हुने बताउदै अझ गहन समन्वय र सहकार्यमा लाग्न आग्रह गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी, कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, महासंघकै गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा हिमालय लाइफ नेपाल, बाल कल्याण संस्था, कोपिला नेपाल, आमा मिलन केन्द्र, राइट फर चिल्ड्रेन, स्टार चिल्ड्रेन, दयाको सेवा नेपाल, सि डव्लु एस एन गोनेशा नेपाल ले बार्षिक समिक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप-प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए।

Leave A Reply

Your email address will not be published.