सुचना, समाचार र मनोरन्जन

नेकोस समाजबादीले खेलकुद महोत्सव गर्ने, पोखरामा दुई खेल हुने

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहेका विष्टले महोत्सव अन्तर्गत २ खेल पोखरा र एक खेल हेटौंडामा हुने उनले बताए ।

पोखरा /

नेकपा समाजबादी निकट नेपाल खेलकुद महासंघ {नेकोस} समाजबादीले खेलकुद महोत्सव २०८० आयोजना गर्ने भएको छ ।

पोखरामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकोसले सो जानकारी दिएको हो । महोत्सव अन्तर्गत कुल १० खेल आयोजना हुने नेकोस समाजबादीका अध्यक्ष केशव कुमार विष्टले जानकारी दिएका हुन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहेका विष्टले महोत्सव अन्तर्गत २ खेल पोखरा र एक खेल हेटौंडामा हुने उनले बताए ।

महोत्सव अन्तर्गत भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, वि–बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाक्ताक्रो, बुद्धिचाल, योगखेल र स्केटबोर्ड हुनेछन् । पोखरामा यहि असोज १३ र १४ गते योगखेल र स्केटबोर्ड प्रतियोगिता हुनेछ । ति दुबै प्रतियोगिताहरु पोखरा रंगशालामा सञ्चालन हुने अध्यक्ष विष्टले जानकारी दिए । पोखरामा हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गर्ने तय भएको आयोजकले जनाएको छ ।

यसै गरि अन्य खेलहरु काठमाण्डौमा २० गते सुरु हुने र २३ गते समापन गर्ने अध्यक्ष विष्टले जानकारी दिए । करिव २ करोड खर्च हुने खेलकुद महोत्सवका लागि विभिन्न व्यवसायिक प्रतिष्ठान र व्यक्तिहरुले सहयोग गरेको बताउँदै उनले यो महोत्सवलाई हरेक वर्ष निरन्तरता दिने बताए ।

“खेलकुद माध्यमबाट देशलाई चिनाउने मात्रै नभई खेलकुद देश विकासको समेत मेरुदण्ड हो” अध्यक्ष विष्टले भने–“हामीले खेलाडीलाई अवसर दिनका लागि नै यो महोत्सव आयोजना गरेका हौं । सर्बैको सहयोग र सहकार्यका लागि हामी आग्रह गर्छौं ।”

पत्रकार सम्मेलनमा नेकोस समाजबादी कास्कीका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको थियो । महोत्सवमा सात प्रदेशका करिव १ हजार ६ सय खेलाडीहरुको सहभागिता हुने छ ।

Leave A Reply

Your email address will not be published.