Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण
पोखरा/
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ ।
विद्यापीठका पूर्व प्राचार्य सहप्रा अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्रा पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज यहाँ आयोजित कार्यक्रममा सहप्रा भट्टराईले जानकारी दिए ।
ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा कोठामा सैद्धान्तिक रुपमा मात्र पढाएर बुझाउन नसकिने वास्तविकतामा विद्यार्थीलाई गोल भित्रै राखेर खगोलीय अध्ययन गराउन यसको निर्माण अपरिहार्य ठानिएको सहप्रा पूर्णचन्द्र वाग्लेले बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न विद्यापीठहरूमा ज्योतिष विषयको अध्ययन अध्यापन गर्दै आइए पनि कुनै पनि विद्यापीठमा गोल निर्माण गरी हालसम्म प्रयोगात्मक अध्ययन अध्यापन हुन नसकेको वास्तविकतामा पोखरामा गोल निर्माण गरिनु आँफैंमा महत्वपूर्ण रहेको ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बरालले बताए । ज्योतिष आँफैंमा विज्ञानमा आधारित विषय भएको बताउँदै उनले यसको महत्वलाई राम्रोसँग उजागर गर्न नसकिएको बताए ।
गोल निर्माणले ज्योतिष विषयको सैद्धान्तिक अध्ययन एवम् प्रयोगात्मक अध्ययनका लागि सहयोग पुग्ने प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले बताए । यसको निर्माणले ज्योतिष विषयका अध्येतासँगै भुगोल, विज्ञान जस्ता विभिन्न विषयका अनुसन्धाताका लागि पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको उनले बताए ।
कार्यक्रमकै अवसरमा सहप्रा पूर्णचन्द्र वाग्लेले “ अयनचलन र यसको प्रभावः शास्त्रीय र आधुनिक मान्यता ” विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । अयन चलनको कारणबाट वसन्त आदि ऋतुमा भएको परिवर्तन अनुसार सौरमान वा ऋतुजन्य चाडपर्व आदिको सुधारका पक्षमा शास्त्रीय धारणलाई अघि बढाउनु उपयुक्त हुने उनले बताए ।