सुचना, समाचार र मनोरन्जन

६ बुँदे सहमतिपछि मणिपाल अस्पतालको अवस्था सामान्य

पोखरा/

लमजुङ बेसीसहरबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्युपछि तनावग्रस्त भएको पोखराको मणिपाल शिक्षण अस्पतालको अस्पतालको हाललाई साम्य भएको छ ।

जिल्ला प्रशासन, प्रहरी, अस्पताल, पीडितका बीच लगातारको वार्तापछि बिहीबार राति ६ बुँदे सहमति गर्दै आन्दोलन स्थगित भएको छ । ६ बुँदे सहमतिसँगै अस्पतालका चिकित्सक र आफन्तको आन्दोलन सकिएको छ भने मणिपालको सेवा पनि सुरु भएको छ ।

सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुरा गाउँ लमजुङको सुन्दरबजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने पहिलो नम्बर बुँदामा सहमति भएको छ ।

दुरा सेवा समाज लमजुङ, दुरा समाज कास्की र स्थानीय सरकारको सिफारिसमा अल्पसंख्यक दुरा जातीको उपचारमा सहुलियत दिने अर्को सहमति भएको छ । मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.