सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं /

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ।

सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ। आजको बैठकमा केही प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ।

Chaka Panja

त्यस्तै आजको बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची पनि छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.