सुचना, समाचार र मनोरन्जन

चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ

काठमाडौँ/

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकेन्द्र कुमार पौडेल छन् ।

यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले थुनामा छन् । अहिले पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक हुन् । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ । रातोपाटीलाई प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुल बिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ ।

Leave A Reply

Your email address will not be published.