सुचना, समाचार र मनोरन्जन

व्याडमिन्टनमा गोविन्दको जोडी प्रथम

पोखरा /

आधीखोला तमु समाज रामवजार पोखराद्घारा आयोजित डवल्स पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि गोविन्द थापा सिञ्जाली र वम गुरुङको जोडीले जितेको छ।

फाइनलमा रोज राना र मुक्तिमान गुरुङको जोडीलाई २–१ सेटले पराजीत गर्दै थापाको जोडी विजेता बनेको हो ।

विजेतालाई नगद रु १६ हजार साथै ट्रफी र उपविजेतालाई नगद रु १० हजार र ट्रफी सहित पुरस्कृत गरीएको खेल संयोजक लिल गुरुङले जानकारी दिए ।  गत वुधवार देखि सन्चालन भएको प्रतियोगितामा कुल १८ टीम सहभागी थिए ।

विजेताहरुलाई आधीखोला तमु समाजका उपाध्यक्ष लिल वहादुर गुरुङ, समाजसेवीहरु सु.धन वहादुर गुरुङ, कुमार गुरुङ, राम कार्की, सु.महेश कुमार थापा, भुमिश्वर राना लगायतकाले पुरस्कार वितरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.