सुचना, समाचार र मनोरन्जन

सिद्धहस्त गजलकार प्रकट पंगेनी शिवकाे निधन

पोखरा /

पोखराका साहित्यकार प्रकट पंगेनी शिवको मंगलबार दिउँसो निधन भएको छ । उपचारको क्रममा मणिपाल अस्पतालमा उनको निधन भएको हो ।

६८ वर्षको उमेरका प्रकटको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका थिए । गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको परिवारले जनाएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

पोयुसापले प्रकटको उपचारमा आर्थिक अभाव भएपछि २५ हजार राखेर कोष स्थापना गरी सहयोगको अपिल गरेको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू भलाम उक्लने फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

उनको परिवारमा श्रीमति, एक छोरा र एक छोरी छन् । उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् । रसिक स्वभावका प्रकटको श्रृंगारिक गजलहरु अत्यन्त चर्चित छन् । रोमान्टिक शब्द र शैलीले उनी पृथक थिए ।

Leave A Reply

Your email address will not be published.