सुचना, समाचार र मनोरन्जन

सुप्रिम सहकारी ठगी प्रकरणः अध्यक्ष गुरुङलाई जेल, दीपेश पुनसहित ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल /

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका हुन्।

त्यसैगरी पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २–२ लाख धरौटी माग गरिएको छ।

Leave A Reply

Your email address will not be published.