सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

पोखरा /

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.