सुचना, समाचार र मनोरन्जन

पोखरामा प्रि नेपाल योग फेस्टिभल म्युजिक इभेन्ट हुने

‘सङ्स फ्रम द अर्थ टु दि सोल’ को गुञ्जनका साथ पहिलो अन्तर्राष्ट्रिय नेपाल योगा फेस्टिभलको आयोजना गरिएको हो ।

पोखरा /

पोखरामा प्रि नेपाल योग फेस्टिभल म्युजिक इभेन्ट यही वैशाख १५ गते शनिबार हुने भएको छ ।

लेकसाइडको भकुन्डे भिलेज स्ट्रिट नम्बर १५÷१८ पूर्ण योग रिट्रिटमा बेलुका ६ बजेदेखि ८ बजेसम्म योग फेस्भिलका साथ म्युजिक इभेन्ट हुने लोकप्रिय गायक तथा सङ्गीतकार विनोद बानियाँले बताए ।

‘सङ्स फ्रम द अर्थ टु दि सोल’ को गुञ्जनका साथ पहिलो अन्तर्राष्ट्रिय नेपाल योगा फेस्टिभलको आयोजना गरिएको हो । प्रकृतिको खुला आकाशमुनि योग, ध्यान र सङ्गीतको साँझ भू स्वर्गको टुक्रा पोखराको एम्पिथियटरमा हुने हुँदा यो साँच्चिीकै रोमाञ्चक हुने विश्वास धर्मेन सिंहले बताएका छन् ।

जर्मनीमा जन्मिएका जर्मन नागरिक डेनियल कान्थाले योगा र म्युजिक इभेन्ट प्रस्तुत गर्ने छन् । डेनियल क्लासिकल गिटार वादक हुन् । उनले प्रसिद्ध उस्ताद फ्रान्क बुन्गार्टेनसँग क्लासिकल गितारको अध्ययन गरेका हुन् ।

डेनियलले ‘मास्टर अफ म्युजिक’ मा डिग्री हासिल गरेपछि आफैले सङगीत यात्रा सुरु गरे । दार्शनिक रुसोले ‘प्रकृतितर्फ फर्क’ भने झैँ डेनियलले पनि प्रकृतिलाई अनन्त प्रेरणाको महान् शिक्षकका रूपमा आत्मसात गरेका छन् ।

नेपालको प्राकृतिक र साँस्कृतिक विविधताबाट लोभिएका डेनियलले पोखरालाई आफ्नो प्रस्तुति र साधनास्थलका रूपमा रोजेका छन् । जसले उनलाई पूर्वीय जगतको शास्त्रीय सङ्गीत र परम्परागत रैथाने सारङ्गी बाजासँग परिचित गरायो । सारङ्गीको सङ्गीतले डेनियललाई मोहनी नै लगायो त्यसैले उनी सारङ्गीमा पारङ्गत हुन भारतको ग्वालियर घरानाका ख्यातिप्राप्त सङ्गीत गुरु सरवर हुसैनसँग सारङ्गी सिकिरहेका छन् ।

डेनियल कान्थाको आवाज, गिटार र सारङ्गीमा मनोहर श्रेष्ठले स्वर र हार्मोनियम साथ दिने छन् । जसका लागि पाँच सयको प्रवेश टिकट तय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.