सुचना, समाचार र मनोरन्जन

बझाङमा एमालेका भण्डारी ९ मतले अगाडि

बझाङ प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। ५० वडा रहेको यो क्षेत्रमा अहिलेसम्म ४१ वटा वडाको मत गणना सकिएको छ।

नेकपा {एमाले}का उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्। उनले ९८८९ मत ल्याएका छन्।

यहाँ यसअघि कांग्रेस उम्मेदवार अभिषेक सिंह अगाडि थिए। पछिल्लो मतगणनाको परिणाम आउँदा एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ९ मतले अग्रता लिएका छन्।

कांग्रेसका सिंहले ९८८० मत ल्याएका छन् भने माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३६५४ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४८५ मत ल्याएका छन्।

Leave A Reply

Your email address will not be published.