सुचना, समाचार र मनोरन्जन

नेपाली युवा उद्यमी मञ्च पोखराको ‘लिडर प्रोजेक्ट’

प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता रहने छ भने प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने समूहलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार प्रदान गरिने मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए।

पोखरा /

नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्टर्न विश्वविद्यालयसंग सहकार्य गरी आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’को आयोजना गर्ने भएको छ।

२०१६ देखी निरन्तर सञ्चालन गर्दै आईरहेको ‘लिडर प्रोजेक्ट’ नेपाली युवा उद्यमी मञ्च पोखरा च्यापटरले पहिलो पटक यस कार्यक्रम आयोजनागर्न लागेको हो । कार्यक्रम बैशाख, १७ बाट १२ दिन सम्म लेकसाईड स्थित होटल क्राउन हिमालयमा सञ्चालन हुने युवा उद्यमी मञ्चले जनाएको छ । कार्यक्रममा ४० जना बिधार्थिहरुको सहभागिता रहने मञ्चका कार्यसमिती सदस्य निकेश द्वाले बताए। कार्यक्रमको प्रमुख उदेश्य बिजनेश प्रशिक्षण मार्फत उधमशिलता तथा आर्थिक बिकासमा सघाउनु हो।

‘लिडर प्रोजेक्ट’ मा संलग्न प्रशिक्षकहरु, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस अध्ययन पढाउने प्रशिक्षण पाएका र कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु बिश्वस्तरिय रहेको यस प्रोजेक्टका संयोजक तथा मञ्चका कार्यसमिती सदस्य निकेश द्वाले बताए ।

आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा देशहरुमा पनि आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकका रुपमा पठाउने गरेको छ ।

‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो आफ्नो बिजनेश योजनाहरु, प्यानलको अगाडि प्रस्तुत गर्नेछ्न । सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता रहने छ भने प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने समूहलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार प्रदान गरिने मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए।

आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरुको संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उदेश्य सहित सदस्यतामा आधारित रहेको गैह्र नाफा मुलक संस्था हो ।

संस्थाको उदेश्य युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्नेलगायतका छन् । यस संस्थाले युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १३ वटा सहरका ८ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् जस मध्य पोखरा च्यापटर सबै भन्दा पुरानो सन् २००४ मा स्थापना भएको हो ।

नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षलाई प्रभावकारी बनाउनको निमित्त ‘लिडर प्रोजेक्ट’ का मुख्य प्रायोजकहरु पोखरा फाइनान्स लिमिटेड, ग्रीन डेवलपमेंट बैंक लिमिटेड र हिमालयन एभरेस्ट इन्सुरेन्स रहेकाछन । यसै गरी सह-प्रायोजकका रुपमा कार्यक्रमलाई सफल बनाउन नेपाली युवा उधमी मञ्च पोखरा च्यापटरको विभिन्न क्षेत्रका ३२ युवा उधमीहरुले आ-आफ्नो कम्पनी अन्तर्गत सहयोग प्रदान गरेको मञ्चका कोषाध्यक्ष सिए बिबेक श्रेष्ठले जानकारी दिए ।

नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्टर्न विश्वविद्यालयसंग सहकार्य गरी आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’को आयोजना गरेको हो ।

Leave A Reply

Your email address will not be published.