सुचना, समाचार र मनोरन्जन

पोखरा जेसिजको सप्ताह: रक्तदानदेखी ट्राफिक सचेतना

दिगो विकासका लागि युवा नेतृत्व  भने उद्घोसका साथ सप्ताह मनाउन लागिएको अध्यक्ष देवराज शर्माले बताए । समुदायसँग जोडिएर जेसिज सप्ताह मनाउन लागेको उनको भनाई छ ।

पोखरा /

पोखरा जेसिजले विभिन्न कार्यक्रम गर्दै जेसिज सप्ताह मनाउने भएको छ । बैशाख १९ देखि २५ गतेसम्म जेसीज सप्ताह मनाउन लागिएको हो ।

दिगो विकासका लागि युवा नेतृत्व  भने उद्घोसका साथ सप्ताह मनाउन लागिएको अध्यक्ष देवराज शर्माले बताए । समुदायसँग जोडिएर जेसिज सप्ताह मनाउन लागेको उनको भनाई छ । `यो बर्ष केही पृथक कार्यक्रम गर्दैछौं । अघिल्ला वर्षमा भएका कार्यक्रमलाई पनि निरन्तरता दिनेछौं´, शर्माले भने ।

पहिलो दिन बैशाख १९ गते सप्ताहको सुभारम्भ हुनेछ । शुभारम्भको अवसरमा नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार कार्यालय पोखरासंगको सहकार्यमा रक्तदान कार्यक्रम हुनेछ । दोस्रो दिन पोखरा महानगरपालिका-१० मा महिला सशक्तीकरण तथा सार्वजनिक भाषणकला सम्बन्धि तालिम आयोजना गरिएको छ । तेस्रो दिन आर्थिक विकास समृद्धिको आधार: वर्तमान परिस्थिति, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया आयोजना गरिएको मुल संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए ।

कानुन मन्त्री पदम गिरी, पुर्व गभर्नर तथा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले वर्तमान अवस्थाको बारेमा बहस गर्नेछन् । चौंथो दिन पोखरा-३३ को शान्ती उदय माविमा  निशुल्क स्वास्थ्य तथा दन्त शिविर हुदैछ । पांचौ दिन पोखरा-१८ को मणिज्योती आधारभुत विधालयमालाई पुस्तकालयमा कम्प्युटर, शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गर्ने संयोजक सुनारले बताए।

छैठौं दिन पोखराका विभिन्न स्थानमा ट्राफिक र साइबर क्राइमबारे जनचेतना प्रदान गरिनेछ । सप्ताहको अन्तिम दिन गण्डकी युवा वक्तासँगै समापन कार्यक्रम गरिने पोखरा जेसिजले जानकारी दिएको छ ।

दिगो विकासका लागि युवा नेतृत्व  विषयमा हुने वकतृत्वकला प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछ । तेस्रो र सान्त्वना हुनेले ८ हजार र पाँच हजार रुपैयाँ जित्नेछन ।

पोखरा जेसिजले सन् २००९ देखि विभिन्न सामाजिक गतिविधिमा काम गर्दै आइरहेको छ । सन् २०२० पछि हरेक वर्ष जेसीज सप्ताह मनाउन थालिएको हो ।

Leave A Reply

Your email address will not be published.