सुचना, समाचार र मनोरन्जन

‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’मा छमछमी नाचे,आर्यन अञ्जनादेखि प्रदीप

यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’लाई अत्यधिक रुचाइएको छ भने चलचित्रका पोस्टर र टिजरबाट दर्शक प्रतीक्षित बनेका छन्। यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ।

काठमाडौं :

‘पुजार सार्की’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारण प्रसारमा तिब्रता दिएका छन्। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्मको दोस्रो गीत ‘रिमै’ लाई सार्वजनिक गरिएको छ। निर्माण टिमले मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरेको हो।
यस गीतको भिडियोमा फिल्ममा समावेश केहि दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। फिल्मको मुख्य भुमिकामा रहेका अर्थात पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई मेन पात्रमा अभिनय गराइएको छ।

मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाउने प्रयास गरिएको छ। गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

निर्माण टिमले यसअघि ‘दर्शन गरेँ’बोलको गीत रिलिज गरेको थियो। उक्त गीतलाई ११ दिनसम्म आइपुग्दा १३ लाख पटक हेरिएको छ। त्यस्तै कमेन्ट ३९ सय भन्दा बढि गरिएको छ। जसमा अधिकांशले गीतलाई मन पराएको बताएका छन्। निर्माण टिमले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दा दर्शकले मन पराएका थिए। यस फिल्ममा आर्यन सिग्देल,प्रदीप खड्का, पल शाहका अलवा अञ्जना बराइली,परीक्षा लिम्बु,मुख्य भुमिकामा रहेका छन्।

त्यस्तै अन्य कलाकारहरुमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस फिल्ममा अभिनय रहेको छ। दिनेश राउतले निर्देशन गरेको यस फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ। निर्माता भुसालले नै यस फिल्मका लागि सङ्गीत तयार पारेका छन्।

हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

फिल्मको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्। निर्देशक राउतले यसअघि फिल्म ‘प्रसाद’,‘क्लासिक’,‘नोभेम्बर रेन’,‘प्रकाश’ लगायत फिल्मलाई निर्देशन गरिसकेका छन्। यस फिल्मलाई विकास सुवेदीले लेखेका हुन्। यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए।
https://www.youtube.com/watch?v=K0cGyaYf_Go

 

 

Leave A Reply

Your email address will not be published.