सुचना, समाचार र मनोरन्जन

सिप सिकेपछिको समय आर्यआर्जन गरी फाइदा लिनुहोस्: अध्यक्ष कार्की

प्रशिक्षार्थी कविता परियार विक र अस्मिता परियाले आफ्नो अनुभव सुनाउँदै भने, ‘गिटी बालुवा बोकेर जीवन चलाएका हामीहरूले तालिम लिएर सिप सिक्ने अवसर पायौँ, अबको जीवन सहज हुने आशा राखेका छौँ ।’

पोखरा /

पोखरा महानगरपालिका १४ नं. वडा कार्यालयका अध्यक्ष बोधबहादुर कार्कीले तालिम र सिप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् ।

महिलाहरूका लागि पन्ध्रदिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापनका क्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कार्कीले भने फुर्सदको समयमा उत्पादन गरेका चिज खेरा गएन भने फाइदा तपाईंलाई नै हो वडालाई दिनु पर्दैन । आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले मेसिन उकरण सहयोग गर्ने काकीले बताए ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले प्रशिक्षार्थीले बनाएका सामग्री सिधै बजारमा पु¥याउन लायक भएकाले प्रत्यक्ष रोजगारीमा जोडन २५ जनालाई थप १५ दिन तालिम दिने बताइन । श्रेष्ठले सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले प्रशिक्षार्थीले बनाएका सामग्री सिधै बजारमा पु¥याउन लायक भएकाले प्रत्यक्ष रोजगारीमा जोडन २५ जनालाई थप १५ दिन तालिम दिने बताइन ।

आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत् रोजगार नाराका साथ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडाले गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापन कार्यक्रममा वडा सदस्यहरू दिलमाया गुरुङ, कृष्णहरि काफ्ले, गोपालप्रसाद सापकोटा, नारी कल्याण आमा समूहकी अध्यक्ष सिर्जना पोखरेल, सामाजिक अभियन्ता रामचन्द्र कार्की लगायतका वक्ताले प्रशिक्षार्थीलाई सिकेको सिप व्यावहारमा उतार्न आग्रह गरेका थिए ।

प्रशिक्षार्थी कविता परियार विक र अस्मिता परियाले आफ्नो अनुभव सुनाउँदै भने, ‘गिटी बालुवा बोकेर जीवन चलाएका हामीहरूले तालिम लिएर सिप सिक्ने अवसर पायौँ, अबको जीवन सहज हुने आशा राखेका छौँ ।’

गत चैत्र २८ गतेदेखि वैशाख १६ गतेसम्म वडा कार्यालयले ६० घण्टाको गुडिया तथा सजावटका सामग्री बनाउने तालिम दिएको थियो । हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले विभिन्न प्रकारका गुडिया र सजावटका सामान बनाएका थिए ।

वडा सदस्य एवम् तालिम संयोजक तनुजा थापा सिकेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रशिक्षार्थी रिना परियारले प्रतिवेदन र रिता विकले मूल्याङ्कन प्रस्तुत गरेकी थिइन भने कर्मचारी नानु लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.