सुचना, समाचार र मनोरन्जन

केकीको ‘बोक्सीको घर’ चार दिनको कमाईमा छलाङ?

काठमाडौं :

नाटकलाई फिल्म्याङन गरिएको फिल्म ‘बोक्सीको घर’ले दैनिक राम्रो कमाई गरिरहेको छ। फिल्मले अनपेक्षित ‘ओपनिङ’ गरेपछि गरेपछि निर्माण टिम दंग प¥यो। पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले डेढ करोड कलेक्सन गर्न सफल भएको थियो। दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले अहिलेसम्म राम्रो व्यापार गरिरहेको छ।

मंगलबारसम्म नेपालका अधिकांश हलमा दर्शकको चाप सन्तोषजनक रहेको छ। निर्माण टिमले फिल्मको चार दिनको कलेक्सन रिपोर्ट ३ करोड २४ लाख कमाई गरेको छ। फिल्म वितरक कम्पनी टी फल्क्सका अनुसार अहिलेसम्म फिल्मले राम्रो कमाई गरिरहेको छ। बुधबार मजदुर दिवसको विदा भएकाले फिल्मको व्यापारमा हिजो र आजको भन्दा दोब्बर हुने निर्माण पक्षको अनुमान छ।

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्मको प्रमोसनल गीत ‘बुझिनँ मैले’ चर्चामा रहेको छ। गीत लोकप्रिय हुँदाको फिल्मको प्रमोसनमा राम्रै फाइदा पुगेको हो। यो गीतले युट्युबमा एक महिना हाराहारीमा एक करोड बढी भ्यूज पाइसकेको छ।

फिल्मलाई नेपालका अलवा विदेशमा समेत माग बढिरहेको निर्माण पक्षले जानकारी दिइसकेकेको छ। अष्ट्रेलिया, अमेरिका, यूरोप जस्ता देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा केकीसहित सुपल सापकोटा, स्वेच्छा राउत, सुपला सापकोटा, रमा थपलिया लगायतको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.