सुचना, समाचार र मनोरन्जन

विराज भट्टले ‘१२ गाउँ’मा भित्राए मोडल सनिशा भट्टराई

काठमाडौं :

अभिनेता तथा निर्देशक विराज भट्टले म्यूजिक भिडियोमा व्यस्त रहदै आएकी सनिशा भट्टराईलाई फिल्ममा अनुबन्धित गरेका छन्। मंगलबार निर्देशक तथा अभिनेता भट्टले ‘१२ गाउँ’बाट उनले डेब्यु गर्न लागेको जानकारी दिएका हुन् ।

सनिशाले पनि आफुले अब ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्न लागेको जानकारी दिएकी छन्। उनले आफुले देखेको सपना पुरा गर्न लागेको बताएकी छन्। यसै वर्ष छायांकन हुने यस फिल्ममा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर भट्टले पनि डेब्यु गर्दैछन्।

‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी प¥यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी गीतमा काम गरिसकेकी सनिशाले पल शाहसँग धेरै भिडियोमा अभिनय गरेकी छन्। यो फिल्मबाट सनिशासँगै,न्यान्सी खड्का,कनिज कोइरालाको पनि अभिनय रहनेछ । खड्का पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२)की वीनर हुन्। फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा विराज आफैले लगानी गर्दैछन्।

Leave A Reply

Your email address will not be published.