सुचना, समाचार र मनोरन्जन

अनमोलसँग फिल्म जुधाँउन आएको आरोप लागेपछि पूजा भन्छिन्,‘मेरो कसैसँग इगो छैन’

काठमाडौं :

जेठ १० गते प्रदर्शनमा अभिनेत्री पूजा शर्माको फिल्म ‘दान्भी’आउने भनिएको थियो। यहि फिल्मसँग अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की ’ आउने भएपछि उनीहरुबीचको द्धन्द्धमा निर्माता पिसिएको समाचार बाहिरिएका थिए।

Pach Pandav

किनभने उनले निर्देशक सुदर्शन थापासँग मिलेर बनाउन लागेको फिल्म ‘रावायण’मा अनमोलसँग लफडा परेको थियो। त्यहि लफडाका कारण पूजालाई अनमोलसँग इगो रहेको चर्चा चलेको थियो। तर उनले सोमबार आफ्नै जन्मदिनको अवसर आफ्नो कसैसँग पनि इगो रहेको बताएकी छन् । आफूले इगोमा आएर ‘दान्भी’को प्रदर्शन मिति नसारेको जिकिर गरेकी हुन्।

उनले एक अनलाईसँगको कुराकानीमा आफ्नो अनमोल केसीसँग कुनै इगो नभएको र भित्री कुरा नबुझी झुटो कुरा नफैलाउन आग्रह समेत गरेकी छन्। उनको टिमले फिल्म ‘दान्भी’को जेठबाट प्रदर्शन मिति सारेर असारको ७ गते पुर्याएपछि यता ‘फर्की फर्की’ र ‘पूजार सार्की’लाई फाइदा पुग्ने देखिन्छ।

सुयोग गुरुङले निर्देशन गरेको यो फिल्ममा रोहित अधिकारीले लगानी गरेका छन्। फिल्ममा अभिनेता अनमोलका अलवा जसिता गुरुङ,समृद्धि अर्याल,रवि काफ्ले लगायत कलाकारको अभिनय रहेको छ। जेठ १० गते नै रिलिज हुने फिल्म ‘पूजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। विकास सुवेदीले लेखेको यो फिल्ममा आर्यन सिग्देल,पल शाह,प्रदीप खड्का,अञ्जना बराईली लगायत अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.