सुचना, समाचार र मनोरन्जन

पोखरामा बिजुली पसलको गोदाममा आगालागी, करिब १ करोडको क्षति

पोखरा /

पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड क्षति भएको छ ।

पोखरा १० शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखी पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो ।

स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए । आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ ।

आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.