सुचना, समाचार र मनोरन्जन

फेवातालमा जलकुम्भी सरसफाई अभियानको शुभारम्भ

पोखरा /

फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियान पोखरा-१८ खपौदी ढल्केबर स्थित फेवतालमा सम्पन्न भएको छ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी” भन्ने मुल नाराका साथ फेवातालको जलकुम्भी सफाइ अभियान सम्पन्न भएको हो।

नागरिक महाअभियान कास्कीका संयोजक समेत रहेका राम बहादुर पौडेलको अध्यक्षतामा र सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हे.क्वा कास्कीका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले यो बर्ष बैशाखको अन्तिम साता शुरुआत भएको गणपति एसपी अरुण पौडेलले बताए ।

शुरुआतका दिनमा सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समुह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिए।

यस्तै जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने कुरा पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्ष सहित रेवान, विभित्र समुहका अभियान्ताहरु, आमा समुहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायीहरु, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीय र संचारकर्मी गरि करिब ३०० जनाको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.