पोखरा /
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा पोखराका नर्सहरुले फरक तरिकाले दिवस मनाएका छन।
लामो समयदेखि नर्सिङ पेसाको हक अधिकारको लागि नेतृत्वदायी भुमिकामा रहेकी नर्स सरस्वती पुरीको अगुवाइमा कोपिला नेपालमा रहेका महिलाहरुलाई सेनिटरी प्याड वितरण गरी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संगै दिवस मनाएका हुन् ।
कार्यक्रममा नर्स बिबेक रानाभाटले हात धुने तरिकाको बारेमा जानकारी दिए । त्यसैगरी नर्स अस्मिता अधिकारीले महिनावारीको बेलामा गर्नुपर्ने सरसफाइको बारेमा बताईन् ।
कार्यक्रममा सस्थाको तर्फबाट तिर्थ थापाले नर्सहरुले अब अस्पतालमा मात्र हैन समाजमा पनि काम गरेर समाज रुपान्तरण गर्नुपर्ने आवस्यकता रहेको बताए ।
कार्यक्रममा नर्स बिनिता अधिकारीले शारिरीक स्वास्थ साथै मानसिक स्वास्थ पनि मानव जिवनमा महत्वपुर्ण रहेको जनाईन । कार्यक्रममा नर्स निसा ढकाल,सरस्वती श्रेष्ठ ,सपना वस्याल वस्यालको उपस्थिति रहेको थियो।
नर्स सरस्वती पुरीले अब केक काटेर नर्सिङ दिवस मनाउनुभन्दा आफुहरुमा भएको ज्ञानहरु अरुलाई बाढेर शिक्षा दिदा आफ्नो पेसाप्रति सम्मान हुने बताइन।