सुचना, समाचार र मनोरन्जन

टाइगर कप भलिबल प्रतियोगिता: चौंथो संस्करणमा १८ लाख ३७ हजार बचत

प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कूल आम्दानी एक करोड २१ लाख ८८ हजार ८ सय ६१ भएकामा खर्च एक करोड ३ लाख ५१ हजार ३ सय ९७ भएको ग्रुपले जनाएको छ ।

पोखरा /

पोखराको प्रतिष्ठित भलिबल प्रतियोगिता टाइगर कपको चौंथो संस्करणमा आयोजकलाई १८ लाख ३७ हजार ४ सय ६४ नाफा भएको छ ।

प्रतियोगिताको आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कूल आम्दानी एक करोड २१ लाख ८८ हजार ८ सय ६१ भएकामा खर्च एक करोड ३ लाख ५१ हजार ३ सय ९७ भएको ग्रुपले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रवद्र्धक सुश्री मिडिया प्रालि काठमाडौंबाट १५ लाख, गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार पाँच सय।, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख ७५ हजार, विभिन्न संघसंस्था तथा व्यक्तिबाट ५४ लाख १४ हजार १३९ सहयोग प्राप्त भएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । उनका अनुसार कार्यक्रम प्रवेश शुल्कबाट २२ लाख २२ हजार २२२ संकलन भएको थियो ।

सहभागी खेलाडी समुह यातायात तथा आवास खर्च ३१ लाख ४२ हजार ९ सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्च १९ लाख २४ हजार ४४०, खेलाडी पोशाकमा ९ लाख १५ हजार ४२१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३१२, कार्यालय व्यवस्थापन खर्च २ लाख ६५ हजार ६ सय २०, प्रचार खर्च ५ लाख ५२ हजार ४ सय ९१, अतिथि सत्कार खर्च २ लाख ७० हजार ६५, खेल मैदान व्यवस्थापन खर्च २ लाख ५५ हजार ३६८, स्वमसेवक परिचालन २ लाख १४ हजार ६ सय १७, खेल सामाग्री १ लाख ६३ हजार ६३, प्रमाणपत्र तथा मेडलमा २ लाख ९५ हजार, बिमा, औषधीमा २२ हजार ५५३, रेफ्री खर्च ३ लाख ३४ हजार ३ लगायत शीर्षकमा खर्च भएको ग्रुपले जनाएको छ ।

गत माघ १ गतेदेखी ६ गतेसम्म चौंथो संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि पुरुषतर्फ हेल्प नेपालले जित्दा डिफेन्डिङउ च्याम्पियन गण्डकी उपविजेता बनेको थियो । महिलातर्फ शसस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको थिया भने चन्द्रागिरी न्यु डायमन्ड उपविजेता बनेको थियो ।

Leave A Reply

Your email address will not be published.