काठमाडौँ /
नेपाल कम्युनिष्ट पार्टी {एमाले}का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरुले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा {एकीकृत समाजवादी}ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद {जबज}को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।